जबरजस्तीकरणी मुद्दामा १८ वर्ष कैद सजाय भएका फरार कैदी पक्राउ

जबरजस्तीकरणी मुद्दामा १८ वर्ष कैद सजाय भएका फरार कैदी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जबरजस्तीकरणी मुद्दामा १८ वर्ष कैद सजाय ठहर भई कारागारमा कैद भुक्तान गरिरहेका १ फरार कैदीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ का २६ वर्षीय आर्यन पुरीलाई काभ्रेको मण्डनदेउपुर नगरपालिका–८ कुन्ताबेसीबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

सीआईबीका अनुसार पुरीलाई २०८२ वैशाख २४ गतेदेखि कारागार कार्यालय नख्खु ललितपुरमा कैद भुक्तानका लागि राखिएको थियो । जबरजस्तीकरणी मुद्दामा १८ वर्ष कैद सजाय ठहर भएका उनी १७ वर्ष ७ महिना कैद भुक्तान गर्न बाँकी रहेकै अवस्थामा २०८२ भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका थिए ।

कारागारबाट फरार भएपछि उनी काभ्रे जिल्लामा लुकीछिपी रहेको भन्ने सूचनाका आधारमा सीआईबीबाट खटिएको प्रहरी टोलीले मंगलबार मण्डनदेउपुर नगरपालिका–८ कुन्ताबेसीबाट पक्राउ गरेको छ ।

पक्राउ परेका पुरीलाई आवश्यक कारबाहीका लागि कारागार कार्यालय नख्खुमा बुझाइएको सीआईबीले जनाएको छ ।