वासिङ्टन – अमेरिकी मध्यावधि निर्वाचन अमेरिकाका लागि ‘इतिहासकै ठूलो प्रतिगमन’ भएको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् ।
उनले निर्वाचनमा भएको ठूलो हारबाट अझ बलियो भएर फर्किने प्रतिबद्धता व्यक्त गरे ।
डेमोक्र्याटहरूले गत मंगलबारको मध्यावधिमा कंग्रेसका दुवै सदनहरू कब्जा गरे, जसले ट्रम्पको रिपब्लिकन पार्टीलाई दशकौँदेखि प्रभुत्व जमाएका राज्यहरूमा ऐतिहासिक क्षति पुर्याएको छ ।
ट्रुथ सोसलमा एक पोस्टमा राष्ट्रपति ट्रम्पले भने, ‘गत चुनावको परिणामले अमेरिकालाई इतिहासमा ‘ठूलो प्रतिगमनतर्फ’ अघि बढाएको छ। ‘अमेरिकी नागरिक नडराऊ, हामी पहिलेभन्दा ठूलो र बलियो भएर फर्किनेछौँ,’ उनले भने ।
रिपब्लिकन सांसदहरूले असफलतामा राष्ट्रपति ट्रम्पलाई जिम्मवार बताइरहेका समय राष्ट्रपति ट्रम्पले अझ कडा कदम चाल्दै पछि नफर्किने संकेत गरे । उनले शुक्रबार कट्टरपन्थी सल्लाहकार स्टिफन मिलरलाई आफ्नो नयाँ ‘चिफ अफ स्टाफ’को रूपमा नियुक्त गरेका थिए ।
डेमोक्र्याटहरूले ट्रम्प प्रशासनलाई जवाफदेही बनाउने र ट्रम्पको कडा आप्रवासन नीतिका वास्तुकार मिलरको बिरूद्ध ‘आगामी बाटोको हरेक कदममा लड्ने’ प्रतिबद्धता व्यक्त गरेका छन् ।


प्रतिक्रिया