काठमाडौं – बलात्कार प्रयास अभियोग मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरा कारागारबाट विदाई भएका छन् ।
उनलाई डिल्लीबजार कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायत डिल्लीबजार कारागारका कैदीले खादा र माला लगाएर विदाइ गरेका थिए । बाहिर उनलाई माला लगाएर स्वागत गर्न कार्यकर्ताको ठूलो भीड लागेको थियो ।
महरालाई सोमबार काठमाडौं जिल्ला अदालतले सफाई दिएको हो । संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेपछि महरा असोज १९ गते पक्राउ परेका थिए ।




प्रतिक्रिया