न्यायाधीश चढेको गाडीमा आगो दन्कियो

न्यायाधीश चढेको गाडीमा आगो दन्कियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – उच्च आदालत दिपायल महेन्द्रनगर इजलासका न्यायाधीश शारङ्गा सुवेदी चढेको गाडीमा आगलागी भएको छ । आगो लागेको समयमा न्यायाधीश गाडीमा सवार थिए ।

सोमबार कार्यालय विदा भएपछि महेन्द्रराजमार्गस्थित विपिन इन्टरपाईजेज पेट्रोल पम्पमा तेल हाल्न गएको उक्त जीपमा एक्कासी आगो लागेको हो ।

न्यायाधीश सुवेदी चढेको बा १ झ ८८६३ नम्बरको गाडीमा तेल हालेपछि फर्किने क्रममा साँझ सवा ५ बजेतिर एक्कासी आगो लागेको थियो ।

वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज मोहनजंग बुढाथापाले अगाडिको वाइरिङ्ग तार सर्ट हुँदा आगो लागेको बताए । आगलागीको कारण पत्ता लगाइरहेको प्रहरीले जनाएको छ ।