दुई हप्तादेखि तातोपानी नाका शून्य


सिन्धुपाल्चोक- नेपाल–चीनबीचको उत्तरी सीमा तातोपानी नाकाबाट दुई हप्तादेखि चिनियाँ सामान आयात शून्य भएको छ ।

तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीका अनुसार चीनमा फैलिएको कोरोना भाइरसको त्रास र चिनियाँ ल्होसारका कारण चीनबाट आयात ठप्प भएको हो । चिनियाँको महìवपूर्ण पर्व ल्होसार र कोरोना सङ्क्रमण फैलने डरले दुई देशबीच व्यापारिक कारोबार हुन सकेको छैन ।

दुई हप्तादेखि चिनियाँलाई नेपाल प्रवेश र नेपालीलाई चिनियाँ भूभागमा जान दिइएको छैन । दुवै देशको आवतजावतमा रोक लगाइएपछि चीनबाट नेपालमा सामान आयात भएको छैन । गत जेठ १५ गतेबाट तातोपानी नाका सुचारु भए पनि हालसम्म नेपालबाट चीनमा निर्यात भएको छैन ।

नेपाली व्यापारी, व्यवसायी सामान लिन चिनियाँ भूभाग गएका छैनन् भने कन्टेनर चालक, सहचालक र मजदुर सीमामा कन्टेनर थन्क्याएर घर फर्केका छन् । भन्सारका कर्मचारी पनि हाजिर गरेर फुर्सदिला भएका छन् । भन्सारमा व्यापारी, व्यवसायीको उपस्थिति पनि देखिँदैन नाकाबाट कारोबार कहिले सुचारु हुन्छ निश्चित भएको छैन । दुई देशबीच आउजाउ नभएका कारण पर्यटकसमेत हालसम्म ओहोरदोहोर गर्न पाएका छैनन् ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement