उर्जामन्त्रीलाई डिलाको प्रश्नः कमिशनको खेलमा राष्ट्रिय गौरवका आयोजना रोक्न कस्तो कदम चालिँदैछ ?

उर्जामन्त्रीलाई डिलाको प्रश्नः कमिशनको खेलमा राष्ट्रिय गौरवका आयोजना रोक्न कस्तो कदम चालिँदैछ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले बुढीगण्डकी मुआब्जा वितरणको विवाद किन समाधान नभएको भन्दै प्रश्न गरेकी छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले लामो समयदेखि मुआब्जाको विवाद किन समाधान नभएको भन्दै उर्जामन्त्री वर्षमान पुनसँग जवाफ मागेकी हुन् ।

साथै उनले पश्चिम सेती जलविद्युत आयोजनाको सम्झौता खारेज भउको भन्दै उर्जामन्त्रीसँग जवाफ मागेकी छन् । ‘पश्चिम सेती जलविद्युत आयोजनाको ठेक्का गेजुवा कम्पनीलाई दिने निर्णय गर्यो । यो निर्णयले आर्थिक ऐन छलेको देखियो । शुसासन सार्वजनिक खरिद ऐनलाई पनि धज्जी उढाएको छसम्झौता खारेज भएपछि महत्वपूर्ण आयोजना अलपत्र पर्दैछ । कमिशनको खेलमा राष्ट्रिय गौरवका आयोजनाहरु तत्काल रोक्न के कस्तो कदम चालिँदैछ ?’, उनले भनिन् ।

जवाफमा मन्त्री पुनले मआब्जा विवाद धेरै भएको बताए । उनले बुढीगण्डकी जलिवद्युत आयोजना कसैलाई पनि नदिइएको बताएका छन् ।

उनले अहिलेसम्म सरकार डुबान क्षेत्रको मुआब्जा वितरणको काम गरिरहेको र निर्माणका लागि कसैलाई पनि नदिएको बताए ।

उनले यही वर्षभित्र मुआब्जा वितरण र निर्माणको मोडालिटी टुंगो लगाएर अर्को वर्षदेखि निर्माणमा जाने जानकारी गराए ।