सेनाको ट्रक दुर्घटना अपडेट : घाइते मेजरको उपचारको क्रममा मृत्यु

सेनाको ट्रक दुर्घटना अपडेट : घाइते मेजरको उपचारको क्रममा मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – ट्रक दुर्घटनामा परि घाइते भएका नेपाली सेनाका मेजरको उपचारको क्रममा मृत्यु भएको छ ।

गत माघ २८ गते सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको सेनाको ट्रक कपुरकोट गाउँपालिका–३ स्थित चोरखोलामा दुर्घटना हुँदा घाइते भएका एक सेनाका मेजर ३३ वर्षीय मेजर ईश्वर सिलवालको उपचारको क्रममा सोमबार मृत्यु भएको हो ।

ललितपुरको इमाडोल निवासी मेजर सिलवालको उपचारको क्रममा काठमाडौंस्थित बिरेन्द्र सैनिक अस्पताल छाउनीमा मृत्यु भएको हो ।

सल्यानको सिमखर्क सवुज गणबाट हातहतियार र बन्दोबस्तीका सामानसहित बुटवल जान हिँडेको लु १ त १२३ नम्बरको ट्रक दुर्घटनामा परी सोही दिन सेनाका एक जमदार यादव धरेलको मृत्यु भएको थियो ।

उक्त दुर्घटनाका घाइतेमध्ये ५ जना सेनानी जयप्रकाश बोहरा, मोहन थापा, सिपाहीहरू विशाल गुरुङ, रेशम मगर, विपिन श्रेष्ठ घाइते भएका छन् ।