अधिनायकवादी सरकारसँग लड्न कांग्रेसका नेताबीच भावनात्मक एकता जरुरी छः डिला संग्रौला

अधिनायकवादी सरकारसँग लड्न कांग्रेसका नेताबीच भावनात्मक एकता जरुरी छः डिला संग्रौला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले प्रजातन्त्रको रक्षाका लागि नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई सामाधान गर्नुपर्ने बताएकी छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेकी सांसद संग्रौलाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएको दाबी गरिन् ।

धरान उपमहानगरपालिकाले बुधबार धरानमा आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद संग्रौलाले प्रजातन्त्रको रक्षाका लागि कांग्रेसले आन्तरिक विवाद सामाधान गर्नुपर्ने बताएकी छन् ।

‘प्रजातन्त्र र लोकतन्त्र ल्यायौं सरकार अधिनायकवादी बन्छ भने त्यो शक्तिसँग लड्नका लागि कांग्रेसका नेताहरुबीच भावनात्मक एकता जरुरी छ’, उनले भनिन्, ‘लोकतन्त्रवादी कांग्रेसभित्र एकता बिना लोकतन्त्र सुदृढीकरण र संस्थागत विकास गर्न सक्दैन ।’

उनले मुलुकमा समृद्धि र विकासका लागि सुशासन जरुरी रहेको बताइन् । ‘सुशासनका लागि लोकतान्त्रिक सरकार चाहिन्छ । त्यसका लागि बलियो कांग्रेस चाहियो नि त । प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो’, उनले भनिन्, ‘प्रजातन्त्रको विकल्पमा नेपाली जनताले कम्युनिष्टलाई भोट दिँदा अधिनायकवाद भयो ।’

उनले प्रजातन्त्रको रक्षाका लागि जनताले २८ वर्षपछि धरानमा कांग्रेसलाई जिताएको दाबी गरिन् । उनले लोकतान्त्रिक पार्टीसँग जनताले धेरै अपेक्षा र आकांक्षा बोकेकाले जनतालाई निरास बनाउन नहुने बताइन् ।

प्रजातन्त्र दिवसको अवसरमा धरान उपमहानगरपालिकाले यो चुनावमा बधाई तथा धन्यवाद ज्ञापन भनेर रोखेको थियो । कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा, सहमहामन्त्री डा. प्रकाशशरण महतलगायतको उपस्थिति रहेको थियो ।