आईएमएस ग्रुपले ल्यायो सामसुङ स्मार्टफोन एक्सचेन्ज सुविधा

आईएमएस ग्रुपले ल्यायो सामसुङ स्मार्टफोन एक्सचेन्ज सुविधा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सामसुङ मोबाइलका लागि आधिकारिक विक्रेता आई.एम.एस ग्रुपले आफ्ना अधिकांश आईएमएस स्मार्ट सोरुमहरुमा सामसुङ एक्सचेन्ज सुविधा ल्याएको छ ।

ग्राहकहरुले अब आफ्ना पुराना सामसुङका स्मार्टफोनहरुमा राम्रो मुल्याङ्कन प्राप्त गर्न सक्नेछन् साथै यस सुविधामार्फत सामसुङ स्मार्टफोन एक्सचेन्ज गर्न सक्नेछन् ।

इच्छुक ग्राहकहरूले केवल आईएमएस स्मार्ट आउटलेटहरूमा गई आफ्नो पुरानो स्मार्टफोनको विवरण दिनु पर्नेछ । कम्पनीले पुरानो स्मार्टफोनको उचितमूल्याङ्कन वेव पोर्टल मार्फत दिनेछ साथै एक्सचेन्ज फारम भर्न अनिवार्य छ । त्यसपछि ग्राहकहरूलेआफ्नो पुरानो सामसुङ स्मार्टफोनको सट्टामा नयाँ सामसुङ स्मार्टफोन छनौट गर्न सक्नेछन् ।

तत्काल निम्न आईएमएस स्मार्ट शोरूमहरूमा एक्सचेन्ज सुविधा उपलब्ध गराइएको छः
१. न्यूरोड, पाको, काठमाडौं
२. रोयलसिङ्गीहोटेल आर्केड, कमलादी, काठमाडौं
३. पिपल्स प्लाजा, खिचापोखरी, काठमाडौं
४. अल्का अस्पतालनजिक, जावलाखेल, ललितपुर
५. शेर्पामल, दरवारमार्ग, काठमाडौं
६.पिपलबोटचोकको नजिक, बौद्ध, काठमाडौं

कम्पनीले क्रमशः निकट भविष्यमा अन्य स्थानहरूमा पनि सुविधा विस्तार गर्ने जनाएको छ । “हाम्रो लक्ष्य सँधै हाम्रा मूल्यवान ग्राहकहरूलाई उहाँहरूका अनुरोध र सुझावहरू ध्यान दिएर सुनेर उत्तम ग्राहक अनुभव प्रदानगर्नु हो । एउटा प्रमुख अनुरोध भनेको एक्सचेन्ज सुविधा प्रदान गर्नु हो, जसको कारणले हामीले यस सुविधा यो नयाँवर्ष २०२० मासुरु गर्ने निर्णय ग¥यौं,” आईएमएस ग्रुपका अध्यक्ष दिपक मलहोत्राले भने ।

आईएमएस ग्रुप एक निरन्तर रुपमा सबैभन्दा चाँडै बढ्दै आएको संगठन हो जसको २० वटा भन्दा बढि कम्पनी रहेको छ । आईएमएस नेपालको लागि सामसुङ स्मार्टफोनको राष्ट्रिय स्तरको विक्रेता हो साथै नेपालमा पहिलो पटक १९९८ माआधिकारीक रुपमा मोबाइल आयात गर्ने पहिलो कम्पनी हो ।

विगत २७ वर्षको अन्तरालमा यो कम्पनी विविध क्षेत्रहरुमा बढ्दै आईरहेको छ, यो कुरा आइर््एमएस ग्रुपसंग आबद्ध कम्पनीको संख्याबाट स्पष्ट रुपमा देखिन्छ ।