काठमाडौं – सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा घुस बार्गेनिङ प्रकरणमा काठमाडौंस्थित स्वीस दूतावासले नयाँ खुुलासा गरेको छ ।
गोकुल बाँस्कोटाले एउटा प्रिन्टिङ कम्पनीका एजेण्टसँग कमिशन बार्गे्निङ गरेको अडियो सार्वजनिक भएपछि काठमाडौंस्थित स्वीस दुतावासले बिहीबार एक वक्तव्य जारी गर्दै यस प्रकरणमा आफ्नो संलग्नता नभएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
नेपालले करिब २७ अर्ब खर्चिएर किन्न लागेको भनिएको प्रिन्टिङ प्रेससम्बन्धी कुनै पनि छलफलमा दूतावासको संलग्नता नरहेको जनाएको छ । ’प्रिन्टिङ प्रेस खरिदसम्बन्धमा हामीसँग कुनै पनि छलफल भएकै छैन’, दुतावासले भनेको छ, ‘विजय प्रकाश मिश्र स्वीस कम्पनीका एजेण्ट पनि होइनन् ।’
दूतावासले सेक्युरिटी प्रिन्टिङबारे यसअघि कुनै छलफल नभएको जनाउँदै आगामी दिनमा पनि यसबारे छलफल हुने कुनै सम्भावना नरहेको पनि जनाएको छ । ‘समाचारमा उल्लेखित (विजय प्रकाश मिश्र) सँग दूतावासको कुनै सम्बन्ध छैन’, विज्ञप्तिमा भनिएको छ, ‘ती व्यक्ति स्वीस कम्पनीको स्थानीय एजेन्ट पनि होइनन्।’




प्रतिक्रिया