गोकुल बाँस्कोटाको राजीनामा स्वीकृत, सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्रीले पाए

गोकुल बाँस्कोटाको राजीनामा स्वीकृत, सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्रीले पाए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दिएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति कार्यालयले उनको राजीनामा स्वीकृत गरेको हो ।

बाँस्कोटाले सम्हालेको सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. युवराज खतिवडाले सम्हाल्ने भएका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस मेसिन खरिदमा मन्त्री बाँस्कोटाले ७० करोड बढीको कमिसन डिल गरेको दावीसहितको अडियो बाहिरिएपछि उनले प्रधानमन्त्री निवास बालुवाटार पुगेर मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।