सेक्युरिटी प्रेस खरिद प्रकरणमा बास्कोटासँगै अन्य व्यक्ति पनि संलग्न छन्ः प्रकाशशरण महत

सेक्युरिटी प्रेस खरिद प्रकरणमा बास्कोटासँगै अन्य व्यक्ति पनि संलग्न छन्ः प्रकाशशरण महत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा – नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटासँगै यसमा संलग्न अन्य व्यक्तिमाथि पनि निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

प्रेस युनियन पर्साले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहमहामन्त्री महतले यो प्रकरणमा अन्य पात्र पनि संलग्न भएको देखिएकाले निष्पक्ष छानबिन गर्नुपर्न माग गरेका छन् ।

‘सेक्युरिटी प्रेस खरिद प्रकरणमा बास्कोटासँगै अन्य व्यक्ति पनि संलग्न हुनसक्ने देखिएको छ,’ महतले भने, ‘बास्कोटासँगै यसमा संलग्न अन्य पात्रबारे पनि छानबिन गरेर सत्यतथ्य सतहका ल्याउनुपर्छ ।’

प्रधानमन्त्रीले बास्कोटा प्रकरणमा प्रधानमन्त्रीले सदनसमक्ष जवाफ दिनुपर्ने माग पनि अघि सारेका छन् ।

सेक्युरिटी प्रेस खरिद प्रकरणमा एजेन्टसँग गरेको कमिसन डिलको अडियो सार्वजनिकपछि बास्कोटाले शुक्रबारै पदबाट राजीनामा दिएका छन् ।