किल्लाको संरक्षणको जिम्मा नेपाली सेनालाई दिनुपर्छः प्रधानमन्त्री ओली

किल्लाको संरक्षणको जिम्मा नेपाली सेनालाई दिनुपर्छः प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासको कदर र वीरपुर्खाको वीरताको सम्मान गर्नुपर्ने बताएका छन् ।

चौथो इन्द्रदह पर्यटन उत्सवको उद्घाटन गर्न दहचोक पुगेका प्रधानमन्त्री ओलीले पुर्खाको योगदानको कदर गर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले पुर्खाहरूका कामलाई प्रेरणाका रूपमा लिई देश र राष्ट्रिय एकताप्रति इमानदार भएर काम गर्ने प्रतिज्ञा गर्नुपर्नेसमेत बताए ।

प्रधानमन्त्री ओलीले एकीकृत नेपालको पहिलो सेनापति काजी कालु पाँडेप्रति श्रद्धा व्यक्त गरे । उनले पाण्डेको समाधिस्थल रहेको पूर्णकदको शालिकमा माल्यार्पणसमेत गरे ।

प्रधानमन्त्री ओलीले काजी कालु पाँडेले आफ्नो गर्दन दिएर देशलाई एकीकरणको बाटोमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

साहसी, दुरदर्शी र प्रेरणा दिनसक्ने व्यक्ति कालु पाँडे भएको उनको भनाइ थियो । प्रधानमन्त्रीले धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको इन्द्र दहको विकासका लागि महोत्सवले महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनले देशभरका वीरताको इतिहास झल्काउने किल्लाको संरक्षणको जिम्मा नेपाली सेनालाई दिनुपर्नेमा जोड दिए ।