केपी ओली बाँस्कोटालाई बचाउन लागेः विप्लव

केपी ओली बाँस्कोटालाई बचाउन लागेः विप्लव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले गोकुल बाँस्कोटा प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीकै संलग्नताको आशंका गरेका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै उनले घटनाको निष्पक्ष छानविनको माग पनि गरेका छन् ।

उनले भनेका छन्, ‘देशको सुरक्षा संवेदनशीतासँग जोडिएको मुद्दामा प्रम ओलीको असली चेलाको यो काण्डले देश नै लज्जित छ ।’

यसअघि बिहीबार सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी मेसिन खरिद प्रक्रियाका क्रममा एजेन्टसँग कमिसनको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको थियो । लगत्तै, उनले पदबाट राजीनामा दिएका थिए ।

‘सिंगो देशले उनको कारबाहीको माग गरिरहेको छ’, विप्लवले भनेका छन्, ‘तर, प्रम केपी ओली स्वयम् भ्रष्ट मन्त्री बाँस्कोटालाई बचाउन र घुसखोरी काण्डलाई ढाकछोप गर्न लागि रहेका छन् ।’

उनले ओली सरकारलाई भ्रष्ट, कमिसनखोर र राष्ट्रघातीको संज्ञा दिँदै सरकारको बर्खास्तीका आ–आफ्नो मोर्चाबाट उत्रिन पनि अपिल गरेका छन् ।