काठमाडौं – बलात्कार मुद्दामा समातिएका अनेरास्ववियूका पूर्वकेन्द्रीय सदस्य इन्द्रहाङ राईले युवतीलाई बलात्कार गरेको हो भनेर ठहर्याउन नसकिने फरेन्सिक रिपोर्टले देखाएको छ ।
सो रिपोर्ट विधि विज्ञान प्रयोगशालाले अदालतलाई बुझाएको छ ।
एक विद्यार्थीलाई देउसी खेल्न बोलाई बलात्कार गरेको अभियोगमा राई पुर्पक्षका लागि थुनामा छन् । काठमाडौँ जिल्ला अदालतमा सो मुद्दाको सुनुवाइ भइरहेको छ ।
प्रहरीले वीर्यसहितको तन्ना, राई र पीडित युवतीको वस्त्र, भेजाइनल स्वाबसमेत परीक्षणमा पठाएको थियो । तर, राईको वीर्य संकलित कपडा तथा पीडितको गुप्तांगमा फेला नपरेको रिपोर्टमा उल्लेख छ ।
तर, अदालतले फरेन्सिक रिपोर्ट नमिले पनि बलात्कार मुद्दामा दोषी ठहर गरेको नजिर छन् ।




प्रतिक्रिया