सेयर बजारले दुई घण्टामै मार्यो छलाङ, १४९३ अंकमा उक्लियो

सेयर बजारले दुई घण्टामै मार्यो छलाङ, १४९३ अंकमा उक्लियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – डा. युवराज खतिवडाको कार्यकाल सकिने बित्तिकै त्यो ठाउँमा बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने तयारीको समाचार सार्वजनिक भएसँगै सेयर बजार ५९ अंकले बढेको छ ।

कारोबारको दुई घण्टा अवधिमै करिव २ अर्बको कारोबार समेत भइसकेकोछ । १४३५ अंकमा खुलेको बजार १४९३ अंकमा उक्लिएको छ । सबै उपसूचकहरु हरियो भएका छन् ।

पछिल्ला दिनहरुमा बजार बढी नै रहेको थियो, आइतबार भने सुरुवातमै फराकिलो छलाङ मारेको हो । आइतबार खतिवडाको ठाउँमा गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन लागिएको समाचार सार्वजनिक भएको छ ।