नेपाली सेनाका प्युठले भेट्टाएको १ लाख रुपैयाँ धनीलाई बुझाए

नेपाली सेनाका प्युठले भेट्टाएको १ लाख रुपैयाँ धनीलाई बुझाए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा – नेपाली सेनाका प्युठले सडकमा भेट्टाएको एक लाख रुपैयाँ सम्बन्धित धनीलाई बुझाएका छन् ।

२१ नम्बर बाहिनी अड्डा, तोपगाछीमा कार्यरत प्युठ मेघबहादुर अधिकारीले दमक–३, फर्निचर लाइनमा बेवारिसे अवस्थामा फेला पारेको रकम सम्बन्धित धनीलाई बुझाएका हुन् ।

उनले १ फागुनमा भेट्टाएको रकम इलाका प्रहरी कार्यालय, दमकमा बुझाएका थिए । प्रहरीले रकम धनी खाजेको थियो ।

त्यसक्रममा शिवसताक्षी–९ का ३९ वर्षीय भिमबहादुर लिम्बु प्रमाणसहित उपस्थित भएपछि प्रहरीले उनकै हातबाट रकम हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालय, झापाका एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

रकम हस्तान्तरण गर्दा इलाका प्रहरी कार्यालय दमकका प्रमुख डीएसपी विजयराज पण्डित, श्री २१ नं. बाहिनी तोपगाछीका सेनानी प्रभातकिरण श्रेष्ठ, दमक–७ का वडाध्यक्ष भिम पौडेल लगायत उपस्थित थिए ।