जन्मथलोमा प्रधानमन्त्रीको भव्य स्वागत, बालसखासँग यसरी मनाए जन्मदिन (फोटो)

जन्मथलोमा प्रधानमन्त्रीको भव्य स्वागत, बालसखासँग यसरी मनाए जन्मदिन (फोटो)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेह्रथुम – प्रधानमन्त्री केपी शर्मा ओलीले ६९ औँ जन्मदिन गृहजिल्लामा पुगेर भव्य रुपमा मनाएका छन् । उनले आफ्नो जन्मदिन तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा मनाएका हुन् ।

पाँचथर हुँदै नेपाली सेनाको हेलिकोप्टरबाट आइतवार अपराह्न २ बजे उनी इवास्थित पुर्ख्यौली घर पुगेर आफ्ना बालसखासहितका गाउँलेसँग जन्मदिन मनाएका हुन् ।

उनलाई इवामा सङ्घीय सांसद भवानीप्रसाद खापुङ, प्रदेशसभा सदस्य लक्ष्मण तिवारी र तेजमान कङ्दम्वा, गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू र स्थानीयवासीले स्वागत गरे ।

प्रधानमन्त्रीको स्वागतमा लिम्बू समुदायको च्याब्रुङ नाच, सङ्गिनी नाच र झाँकी प्रदर्शन गरिएको छ । प्रधानमन्त्रीसँग पत्‍नी राधिका शाक्य, पिता मोहनप्रसाद ओली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल, खानेपानीमन्त्री बीना मगर, सङ्घीय सांसद विजय सुब्बा र गणेश विमलीलगायत थिए ।

आठराईमा रहँदा प्रधानमन्त्रीले प्रधानमन्त्री आउने भएपछि आठराईका विभिन्‍न चोकमा स्वागतद्वार बनाइएको थियो ।

जन्मदिन मनाउने क्रममै ओलीले आफ्नो जन्मथलो तेह्रथुम जाँदै उनले तेह्रथुमको छातेढुङ्गाको सुकेपोखरी, आफ्नो जन्मघर हुँदै ताप्लेजुङ्गको ढुङ्गेसाँघुस्थित तत्कालिन एमाले महासचिव मदन भण्डारीको जन्मघरसम्म जोड्ने मोटरबाटोको शिलान्यास गरे ।

ओलीले आजै स्थानीय २ हजार विद्यार्थीलाई प्रधानमन्त्रीको तस्बिर र हस्ताक्षरसहितको डायरी, कलमसहितको शैक्षिक सामग्री दिएका छन्। त्यसैगरी स्थानीय २ सय वृद्धवृद्धालाई न्यानो कपडा पनि वितरण गरिएको छ ।