भारत ‘ए’ विरुद्ध श्रीलंका ‘ए’ को सनसनीपूर्ण प्रदर्शन, दुवै ओपनरले बनाए शतक

भारत ‘ए’ विरुद्ध श्रीलंका ‘ए’ को सनसनीपूर्ण प्रदर्शन, दुवै ओपनरले बनाए शतक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोहा- एसिया कप राइजिङ स्टार्सको सेमिफाइनलमा भारत ‘ए’ विरुद्ध श्रीलंका ‘ए’ का दुवै ओपनरले शतक प्रहार गरेका छन्।

भारतले दिएको ३१८ रनको लक्ष्य पछ्याएको श्रीलंका ‘ए’ का सिनेत जयवर्धने र लसिथ क्रुसपुलेले शतकीय पारी खेलेका हुन्।

जयवर्धनेले ७० बलमा १० चौका र ६ छक्कासहित १०५ रन बनाए। उनलाई शाहबाज अहमदले आउट गरे। त्यस्तै, क्रुसपुलेले १०७ बलमा १२ चौका र ३ छक्कासहित ११६ रन बनाए। उनलाई हर्षित राणाले रिंकु सिंहको हातबाट क्याच गराए।

श्रीलंकाका दुवै ओपनरले आक्रामक ब्याटिङ गर्दै पहिलो विकेटका लागि २२ ओभरमा १८५ रनको साझेदारी गरेका थिए।

पछिल्लो अपडेटअनुसार क्रुसपुले ११६ र जयवर्धने १०५ रन बनाएर आउट भएका छन्। दुवैको शतक सहयोगमा श्रीलंका जितनजिक पुगेको छ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारत ‘ए’ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनाएको थियो।

भारतका अभिषेक शर्माले सर्वाधिक ७८ रन बनाए। उनले ६३ बलमा ११ चौका र एक छक्का प्रहार गरे। कप्तान तिलक वर्माले ६६ बलमा ५३ रन बनाए भने शाहबाज अहमद ४८ बलमा ५४ रन जोड्दै अविजित रहे।

यस्तै, वैभव सूर्यवंशीले २७ बलमा ४० रन बनाए। उनले चार चौका र तीन छक्का प्रहार गरे।

श्रीलंकाका लागि गरुका संकेतले तीन तथा रविन्दु फर्नान्डोले दुई विकेट लिए।