काठमाडौंमा श्रीमती र सालीमाथि एसिड प्रहार


काठमाडौं – काठमाडौंमा एक जना युवकले श्रीमती र सालीलाई कास्टिक सोडा प्रहार गरेका छन् । उनलाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका – ५ घर भई काठमाडौं बस्ने शिव रम्तेलले श्रीमती सुनीता र साली विमला नेपालीमाथि आइतबार कास्टिक सोडा प्रहार गरेका हुन् ।

घरायसी झगडामा पत्नीलाई शौचालयको जाम खुलाउन प्रयोग हुने कास्टिक सोडा प्रहार गरेका उनले रोक्न खोज्ने सालीलाई पनि कास्टिक सोडा हानेका प्रहरीले जनाएको छ ।

कास्टिक सोडा प्रहारबाट सुनीताको टाउकोमा र विमलाको आँखामा चोट लागेको छ । घाइतेको कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement