बुधबार सुनको मूल्य घट्यो

बुधबार सुनको मूल्य घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।

आज सुन प्रतितोला ७९ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला ८० हजारमा कारोबार भएको थियो ।

आज तेजावी सुन प्रतितोला ७९ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ । त्यस्तै चाँदीको मूल्य एकैदिनमा २० रुपैयाँले घटेर प्रतितोला ९ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ ।