किशोरीलाई कोठामा बन्धक बनाएर बलात्कार गर्ने मन्त्रीका सल्लाहकार पक्राउ

किशोरीलाई कोठामा बन्धक बनाएर बलात्कार गर्ने मन्त्रीका सल्लाहकार पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बलात्कार अभियोगमा मन्त्रीका सल्लाहकार पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार अमृतकुमार घलेलाई बलात्कार अभियोगमा पक्राउ गरेको हो ।

किशोरीलाई घलेले माघ २७ गतेदेखि फागुन १ गतेसम्म फ्ल्याटमा बन्धक बनाएर बलात्कार गरेको खुलासा भएको छ ।

घलेलाई १४ दिन अघि पक्राउ गरेर जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रहरीका अनुसार ती किशोरी काभ्रेको बनेपाबाट काठमाडौं आउन बस पर्खिरहेका बेला घलेले लिफ्ट दिएर काठमाडौं ल्याएपछि घरमै बन्धक बनाएको बताइएको छ ।

किशोरीले प्रहरीमा दिएको उजुरीमा घलेले आफूलाई घरैमा बन्धक बनाएर बलात्कार गरेको उल्लेख गरिएको डिएसपी बोगटीले जानकारी दिए ।

टोखास्थित एक घरमा फ्ल्याट भाडामा लिएर एक्लै बस्दै आएका घलेका परिवार अमेरिकामा रहेको प्रहरीले जनाएको छ ।