अब डिजेल र पेट्रोलमा प्रतिलिटर १०/१० रुपैयाँ विकास कर

अब डिजेल र पेट्रोलमा प्रतिलिटर १०/१० रुपैयाँ विकास कर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले डिजेल र पेट्रोलमा लिँदै आएको पुर्वाधार विकास कर बढाएको छ । गत फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले प्रतिलिटर पेट्रोल र डिजेलमा थप ५ रुपैयाँ विकास कर थपेर १० रुपैया र्पुयाएको हो ।

बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सोही मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडाले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैया विकास कर लगाउने मन्त्रिपरिषद बैठकले निर्णय गरेको जानकारी दिएका हुन् ।

बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैया कर लगाउन थालेको थियो । अहिले आएर सो कर ५ रुपैयाँ थपेर १० र्पुयाइएको अर्थमन्.त्री खतिवडाले जानकारी दिए ।