प्रधानमन्त्रीलाई देउवाको प्रश्नः बाँस्कोटाले अडिओमा हामी भनेकाे को–को हुन् ?

प्रधानमन्त्रीलाई देउवाको प्रश्नः बाँस्कोटाले अडिओमा हामी भनेकाे को–को हुन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निवर्तमान सञ्चार मन्त्री गोकुल बाँस्कोटाको अडिओ प्रकरणमा छानविन अगाडी नबढेको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको एक साता वितिसक्दासम्म छानविन अगाडि नबढ्नुको नियत के हो भनेर प्रश्न गरे ।

बाँस्कोटाको अडिओमा हामीलाई कति आउँछ भन्ने प्रष्ट सुनिएको भन्दै देउवाले हामी भनेको को हो भनेर प्रश्न गर्दै भने, ‘अडिओमा हामीलाई कति आउँछ भनेर सोधिएको प्रस्ट सुनिन्छ । प्रधानमन्त्रीज्यू यो हामी भनेको को–को हुन् ? प्रस्ट्याईदिनुस् ।’

सेक्युरिटी प्रिण्टिङ प्रेस खरिदमा कमिसन मोलमोलाइ गरेको दाबी गरिएको अडिओ बाहिर आइसकेपछि छानविन नै नगरी प्रधानमन्त्रीले उक्त अडिओ नक्कली भनेर टिप्पणी गरेको देउवाको भनाइ छ ।  देउवाले बाँस्कोटा अडिओ प्रकरणमा नियतवस नै छानविन नगरिएको भन्दै आपत्ति जनाएका हुन् ।

बाँस्कोटा र स्वीस कम्पनीको एजेन्टबीच सेक्युरिटी प्रेस खरिद गर्ने विषयमा कमिसनका लागि बार्गे्निङ गरेको भिडिओ गत साता सार्वजनकि भएको थियो । सो लगत्तै बाँस्कोटाले भ्रष्टाचार गरेको नभई प्रश्न उठेको भन्दै मन्त्री पदबाट राजीनामा दिएका थिए ।