प्रचण्डलाई जुत्ता हान्ने युवक पक्राउ

प्रचण्डलाई जुत्ता हान्ने युवक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जुम्लाको सिञ्जा गाउँपालिका २ घोडेंगा घर भएका २२ वर्षिय रतन तिरुवा पूर्वमाओवादी कार्यकर्ताका छोरा भएको खुलेकाे प्रहरीले जनाएको छ । तिरुवाले आइतबार राष्ट्रियसभा गृहमा भरतमोहन अधिकारीको प्रथम स्मृति सभालाई सम्बोधन गर्न पुगेका प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए ।

उनलाई प्रहरीले पक्राउ गरी महानरीय प्रहरी वृत सिंहदरबारमा राखेको महानगरी प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले जानकारी दिए । उनको पृष्ठभूमिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।