काठमाडौं – अखिल क्रान्तिकारी माओवादीका पूर्वमहासचिव जीपी मैनालीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार गरिएको घटनाको छानविन गर्न माग गरेका छन् ।
नेता मैनालीले सामाजिक सञ्जालमार्फत आफ्नै सरकार भएका बेला पार्टी अध्यक्षमाथि भएको दुव्र्यवहारले गम्भिर आशंकाहरु उत्पन्न गराएको भन्दै छानविनसहित कडा कारबाहीको माग गरेका हुन् ।
उनले नयाँ र पुरानोको, यथास्थिती र अग्रगमनको, अँध्यारो र उज्यालोको बिचमा हुने संघर्षमा परिवर्तन र अग्रगमनको पक्षमा उभिने नेतृत्वलाई खुइल्याउने, ह्युमिलियट गर्नेर ताछ्ने काम ईतिहास देखि नै चल्दैआएको बताउँदै मदन भण्डारीलाई त्रिशुलीमा हालेर राजनितीमा उदाएकाहरुकै स्कुलिङले प्रचण्ड माथी जुत्ता हानेको बताएका छन् ।
उनले जुत्ता प्रहर गर्ने घट्नाको छानबीन नभए अनेरास्ववियूले खुलामञ्चमा उभ्याएर कोर्रा लाउन तयार रहेको चेतावनी समेत दिएका छन् ।
उनले लेखेका छन्, ‘इतिहासमा यो भन्दा ठूला ठूला घट्नाहरु हुन्छन् । नेतृत्वको हत्या सम्मका योजना र खेलहरु चल्नु समान्य हो । तर यतिबेला आफ्नै सरकार भएको बेला पार्टी अध्यक्ष माथी भएको दुर्व्यबहारले गम्भीर आसंकाहरु उत्पन्न गराएको छ । हामी अभिलम्ब जुत्ता प्रहर गर्ने घट्नाको छानबीन र कडा भन्दा कडा कार्वाहीको माग गर्दछाैं । अन्यथा अनेरास्ववियूले खुलामञ्चमा उभ्याएर कोर्रा लाउन तयार छ !! यो समाबेशिता, संघियता र सिंगो गणतन्त्रमाथीको प्रहार हो !’




प्रतिक्रिया