काठमाडौं – मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको वेबसाइटमा गएर स्वास्थ्यलाभको कामना गर्न मिल्ने भएको छ ।
प्रधानमन्त्री ओलीको आधिकारिक वेबसाइट https://kpsharmaoli.com.np/मा गएर स्वास्थ्यलाभको कामना गर्न सकिने उनको सचिवालयले जनाएको छ ।
दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् ।
मिर्गौला प्रत्यारोपण भोलि बुधवार प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्ने बताइएको छ । प्रधानमन्त्री ओलीलाई भाञ्जी नाता पर्ने एक युवतीले मिर्गौला दान गर्दैछिन् ।
छिन्नमस्तामा २४ घण्टे अखण्ड दीप प्रज्वलन
ओलीको स्वास्थ्य लाभको कामना गर्दै सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता भगवती शक्तिपीठमा २४ घण्टे अखण्ड दीप प्रज्वलन तथा धार्मिक अनुष्ठान सुरु गरिएको छ ।
नागरिक सञ्चाल सप्तरीले पहल गरेर शक्तिपीठमा २४ घण्टे अखण्ड दीप प्रज्वलन तथा धार्मिक अनुष्ठान सुरु गराएको हो ।
शक्तिपीठका पीठाधिश महाकान्त ठाकुरको नेतृत्वमा एक दर्जनभन्दाबढी साधुसन्तहरुको उपस्थितिमा सो धार्मिक अनुष्ठान सुरु गराएको हो ।




प्रतिक्रिया