काठमाडौं – राष्ट्रिय सभाका सदस्यको बिदाईमा आजको संसद भावुक बनेको छ । झण्डै एकतिहाइ राष्ट्रियसभा सदस्यको पदावधि सकिनै लाग्दा बैठकमा उपस्थित सदस्यहरु भावुक बनेका थिए ।
राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्ने सांसदले बिदाइ हुन लागेका सांसदलाई राजनीतिक भविष्यको शुभकामना दिइरहेका छन् ।
सांसद कोमल वलीको राष्ट्रियसभा बैठकमा कविता वाचन गरेर सुनाएकी छन् ।
यस्तो छ उनको कविता :
समय छिट्टै बिते जस्तो लाग्छ
वास्तवमा समय बित्दैन
समय बित्दैन
समयले हामीलाई बिताउँछ
हो हामी बितिरह्यौ समयका भ्रममा
समयका क्रममा होइन, समयका भ्रममा
यो राष्ट्र रंगाउने कैयौ रंग थपेर बितेका छौं
यो राष्ट्र हँसाउने कैयौ हिसी फुलाएर बितेका छौं
एउटै आकांक्षा बोकेका हामी
एउटै प्रतिबद्धता लिएका हामी
हामी राष्ट्र विकासका अथकित अभियन्ता
हामी जहाँ छौं देश काँधमा बोकेर रहन्छौं
प्राविधिक जोड घटाउको यो व्यवस्थामा
यतिबेला समयले बिदा गर्दैछ
यो बिदाइले हामीलाई छुट्याउन सक्ने छैन
हामीलाई जिम्मेवारीबाट टाढा राख्न सक्ने पनि छैन
हृदयमा राष्ट्र बोकेका हामी
देश दुख्दा सधै दुख्ने छौं
देश निर्माणको अभियानमा हाम्रो जीवन पर्यन्तको अभियान हुनेछ
त्यसैले देशका नाममा हामी सधै साथमा रहने छौं
साथीहरू, यो प्राविधिक जोडघटाउको कथित बिदाइ
हाम्रा लागि समयको केवल सानो धृष्टता मात्र बन्नेछ




प्रतिक्रिया