कुमारी बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा गुल्मीको लिम्घामा

कुमारी बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा गुल्मीको लिम्घामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कुमारी बैंक लिमिटेडले सत्यवती–४, लिम्घा, गुल्मीमा आफनो २२औं शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।

सत्यवती गाउ‘पालिकाका अध्यक्ष परिश्वर ढकाल तथा बैंकका संचालक समितिका सदस्य कृष्ण प्रसाद ज्ञवालीले संयुक्तरुपमा एक समारोहबीच शाखा रहित बैंकिङ्ग सेवाको उद्घघाटन सम्पन्न गरे ।

उक्त उद्घघाटन बैंकका डेपुटी सिइओ उमेश सिंह भण्डारी, भिमलाल पौडेल, चेम्बर ओफ कमर्स–प्रदेश नं. ५ का इन्चाजर्, अन्य अधिकारीहरु तथा स्थानीय वासिन्दा एवं व्यवसायिक प्रतिनिधिहरूको माझ सम्पन्न भएको हो ।

विगत १९ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदैँ आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका १२३ शाखा संजाल, ११९ एटिएम्, ६ एक्सटेन्सन काउन्टर तथा २२ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।