शिक्षा मन्त्रालयको निर्देशनः कक्षा १ देखि ९ को परीक्षा चैत ५ भित्र सक्नू !

शिक्षा मन्त्रालयको निर्देशनः कक्षा १ देखि ९ को परीक्षा चैत ५ भित्र सक्नू !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिन निर्देशन दिएको छ ।

मन्त्रालयका सचिव महेशप्रसाद दाहालले मंगलबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र नेसनल प्याब्सनको प्रतिनिधि तथा सरोकार पक्षलाई बोलाएर निर्देशन जारी गरेको हो ।

आगामी चैत ६ गतेबाट १५ गतेसम्म विद्यालय शिक्षा परीक्षा (एसईई) हुने निर्धारित तालिका रहेको छ । एसईई परीक्षा केन्द्रीय सरकारमातहत सञ्चालन हुने गरेको छ ।

मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण विद्यालयलाई सतर्कता अपनाउन र सामूहिक भेला, सेमिनार, गोष्ठीलगायत कार्यक्रम नगर्न निर्देशन पनि दिएको छ ।