बाबा रामदेवलाई योगका आशन सिकाउने बाबुरामको पेड्रो !

बाबा रामदेवलाई योगका आशन सिकाउने बाबुरामको पेड्रो !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सुरक्षाका लागि पालिएको घर पालुवा जनावर कुकुरले मानिसले गर्न सक्ने काम कतिको सक्छ ? के कुकुरले पनि मान्छेले जस्तै योग गर्न सक्ला ? यही प्रश्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई नै जान्छ ।

उनले आफ्नो घरमा पालिएको ‘पेड्रो’ नामक कुकुरले योग गरेको भन्दै सामाजिक सञ्जालमा केही तस्बीरसहितको स्टाटस पोष्ट गरेका छन् । उनले पेड्रोको योगाशनले योग गुरु बाबा रामदेवलाई च्यालेञ्ज दिएको बताएका छन् ।

‘चार महिनाको चुलबुले हाम्रो पेड्रोका विभिन्न योगाशनहरू । बाबा रामदेवलाई पनि कुकुराशन/पेद्राशन इत्यादि सिकाउँछ कि क्या हो ,’ उनले ठट्योउलो पारामा भनेका छन् ।

जनताको भोट पाएका वरिष्ठ नेता फुर्सदिलो भएको भन्दै सामाजिक प्रयोगकर्ताहरुले बाबुरामको विरोध गरिरहेका छन् ।