काठमाडौं – कोरोना संक्रमणको आशंकमा कतारबाट फर्किएका एक नेपालीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ ।
कतारबाट फर्किएका ती व्यक्तिलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा स्वास्थ जाँच गर्दा ज्वरो रुघाखोकीको समस्या देखिएपछि टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले जानकारी दिएका छन् ।
आइतबार भर्ना भएका चारजनालाई कोरोना परीक्षण गर्दा केही नदेखिएपछि घर पठाइसकेको उनले जानकारी दिए ।
विदेशबाट आउने नागरिकको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनिवार्य स्क्रिनिङको प्रबन्ध मिलाइएको छ भने स्थलमार्गबाट आउनेहरुका लागि पनि सीमा नाकामा अन्तर्राष्ट्रिय मापदण्डको स्वास्थ्य जाँच कक्ष स्थापना गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया