काठमाडौं ( विश्व शान्ति स्थापना कार्यको लागि फौज पठाउने संसारका १ सय २२ मुलुकमध्ये नेपाल पांचौ स्थानबाट चौथो स्थानमा उक्लन सफल भएको छ । संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि विभिन्न १२ (बाह्र) वटा द्वन्द्वग्रस्त मुलुकहरुमा तैनाथ भएका नेपाली कण्टिन्जेण्ट, सैनिक पर्यवेक्षक र स्टाफ अधिकृतहरु गरि जम्मा ५ हजार ६ सय ५८ जना सुरक्षाकर्मीहरु कार्यरत रहेका छन् ।
नेपाली सेनाका ५ हजार ९६ जना शान्ति सैनिक र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका ५ सय ६२ जनाको फौज विभिन्न द्वन्द्वग्रस्त मुलुकहरुमा तैनाथ रहेका छन् । लेवनानस्थित युएनओजिआईएल मिसनमा नेपाली सेनाका पांच जना सैनिक पर्यवेक्षक पहिलो पटक सन् १९५८ मा सहभागी भएका थिए ।
सैनिक जनसम्र्पक निर्देशनालयकाअनुसार हालसम्म १ लाख २९ हजार ८ सय १९ जना सैनिकहरुले शान्ति सेनामा सहभागिता जनाईसकेका छन् । नेपाली सेनाका १ हजार ४ सय १ जना महिला शान्ति सैनिकहरुले मिसनमा सहभागिता जनाईसकेका छन् भने हाल १ सय ८१ जना महिलाहरु विभिन्न मिशनहरुमा कार्यरत रहेका छन् ।




प्रतिक्रिया