एजेन्सी- युरोपमा कोभिड–१९ को विस्तारको त्रासले पर्यटन उद्योग समेत धरासायी भएको छ ।ईयू इन्टरनल मार्केट कमिसनर थिरी ब्रेटनले भने,“कोरोनाभाइरस लगातार विस्तार भएकाले वित्तीय रुपमा नराम्ररी प्रभावित हुनेमा पर्यटन क्षेत्र पनि एक हो । यो रोगले पहिलेनै महिनामा १ अर्ब युरो (१.११ अर्ब डलर) गुमाइसकेको छ ।”
स्पेन र इटाली लगायतका केही ईयूका सदस्य राष्ट्रहरुमा जीडीपीको १० प्रतिशत हिस्सा पर्यटनको हुने गरेको युरोपेली ट्राभल आयोगले जनाएको छ । इटालीका केही क्षेत्रमा होटल बुकिङ रद्द ९० प्रतिशत पुगेको छ । यो मुलुकको अर्थतन्त्रमा पर्यटनको हिस्सा १३ प्रतिशत सम्म रहेको छ । इटालीमा कोरोनाभाइसको घटना ३,८०० पुगिसकेको छ ।
कामदारले कोरोनाभाइरसको डरका कारण काम गर्न नमानेपछि यो साता विश्वकै लोकप्रिय संग्रहालय फ्रेन्च लुभरे बन्द भएको छ । गत वर्ष यो संग्रहालयमा ९६ लाख पर्यटक भ्रमणका लागि आएका थिए ।यसको तीन चौथाई विदेशी थिए । पर्यटकले भाइरसको संक्रमण हुन सक्ने चिन्ताबीच भ्रमण रद्द गरेपछि यस पटकको गर्मी बिदा पनि रोकिने भएको छ ।
लम्बिएको संकटले विश्वव्यापी भ्रमण क्षेत्र नराम्ररी प्रभावित हुन एक्सोल्युट स्ट्रटेजीका संह संस्थापक इयान हर्नेटले बताए ।संयुक्त राष्ट्र संघले भाइरस नियन्त्रणका लागि राम्रो व्यवस्था नभएका मुलुकहरुको सहयोगका लागि १ करोड ५० लाख डलर आपतकालीन कोष दिने बताएको छ । विश्व बैंकले कोभिड–१९ विस्तार भएका विकासशील मुलुकहरुका लागिव १२ अर्ब डलर सहयोगको प्रतिबद्धता जाहेर गरिसकेको छ ।




प्रतिक्रिया