माल्टा पठाईदिन्छु भन्दै २ करोड बढी ठगी गर्ने म्यानपावर सञ्चालक श्रेष्ठ पक्राउ

माल्टा पठाईदिन्छु भन्दै २ करोड बढी ठगी गर्ने म्यानपावर सञ्चालक श्रेष्ठ पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अर्घाखाँची घर भएका म्यानपावर सञ्चालक बाबुराम श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठलाई प्रहरीले ठगीको आरोपमा शनिबार नेपालगञ्जबाट पक्राउ गरेको हो ।

माल्टा पठाइदिन्छु भनेर ३०/४० जनासँग प्रतिव्यक्ति ६ लाखका दरले २ करोडभन्दा माथि रकम उठाएर फरार भएको भन्दै उजुरी परेपछि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

काठमाडौंमा रहेको सिटी सेन्टरको मसाज सेन्टरलाई म्यानपावरको रूपमा देखाउँदै ३० देखि ४० जनासँग प्रतिव्यक्ति ६ लाखका दरले उठाएर भागेको भन्ने उजुरी परेको प्रवक्ता बोगटीले जानकारी दिए ।