ड्युटिमा रहेका प्रहरीमाथि छुरा हान्न खोज्ने दुई जना पक्राउ

ड्युटिमा रहेका प्रहरीमाथि छुरा हान्न खोज्ने दुई जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – ड्युटिमा रहेका प्रहरीमाथि छुरा हान्न खोज्ने दुई जना पक्राउ परेका छन् ।

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–२ कोल्हुवामा शनिबार राति मापसे चेकिङ गरिरहेका प्रहरीमाथि छुरा हान्न खाज्ने दुई जनालाई प्रहरीले गोली चलाएर पक्राउ गरेको हो । गोली लागेर एक जना घाइते भएका छन् । उनको चितवनस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

ड्युटिमा रहेका प्रहरीमाथि छुरा हान्न खोजेपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका एसपी दीपक रेग्मीले जानकारी दिए ।