कतारले नेपालसहित १४ देशका यात्रुलाई रोक लगायो

कतारले नेपालसहित १४ देशका यात्रुलाई रोक लगायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कायरो – कतारले नेपालसहित १४ मुलुकका यात्रु प्रवेशमा रोक लगाएको छ । कतारले मार्च ९ अर्थात आजदेखि कोरोना संक्रमण नियन्त्रणको पूर्वसावधानी स्वरुप नेपालसहितका १४ मुलुकका यात्रुलाई प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएको हो ।

कतारले चीन, इजिप्ट, भारत इरान, इराक, लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रील‌ंका, सिरिया र थाइल्यान्डका यात्रु प्रवेशमा रोक लगाएको छ ।

कतारले इटाली उड्‍ने र त्यहाँबाट आउने सम्पूर्ण फ्लाइट्‍मासमेत प्रतिबन्ध लगाएको छ । कतारमा हालसम्म कोरोनाका १५ संक्रमित भेटिएका छन् ।