भेनेजुयलाः चुनावभन्दा पहिले ५० हजार इभीएम जलेर नष्ट

भेनेजुयलाः चुनावभन्दा पहिले ५० हजार इभीएम जलेर नष्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काराकास – भेनेजृुयलाको राजधानी काराकासको एक मुख्य गोदाममा आगो लाग्नाले भण्डारण गरी राखिएको अधिकांश भोटिङ मेसिन नष्ट भएको त्याहाँको चुनाव परिषदले जनाएको छ । यो घटनाले यो वर्ष हुने संसदीय चुनाव हुने विषयमा पनि आशंका पैदा भएको छ । चुनाव परिषदका प्रमुख टिबिसे लुसेनाले यहाँ करिब ५०,००० भोटिङ मेसिन र ६०० कम्प्युटर जलेको बताएका छन् ।

लुसेनाले टेलिभिजनमा प्रसारित एक बयानमा भनेका छन्,“आगो यती तीव्र दरमा फैलियो कि अत्यन्त कम भोटिङ मेसिन मात्रै जोगाउन सकियो ।” उनले भने,“केही मानिसले यसबाट संवैधानिक रुपमा स्थापित चुनावी प्रक्रिया सम्पन्न नहुने सोचेका छन् । यो गलत हो ।”

यद्यपि उनले अब कति भोटिङ मेसिनि प्रयोगका लागि उपलव्ध छन् र यो घटनाले भविष्यमा चुनावी प्रक्रिया प्रभावित हुन्छ वा हुदैन भन्ने विषयमा विस्तृत जानकारी दिएका छैनन् ।

राज्य अभियोवजकलाई आगो लाग्नुको कारण बुभ्mन भनिएको लुसेनाले बताएका छन् । यद्यपि यो घटनामा कोही पनि घाइते भएका छैनन् ।

२०१८ मा राष्ट्रपति निकोलास माडुरोले चुनावमा पुनः एक पटक जीत हासिल गरेपछि दक्षिण अमेरिकी मुलुक भेनेजुयलामा चुनावको व्यापक आलोचना भएको थियो । उनीमाथि व्यापक रुपमा भोटको धाधली गरेको आरोप लागेको छ ।

यसपछि विश्वभरी माडुरोको आलोचना भएको थियो । उनीमाथि आम चुनाव गराउनका लागि अन्तर्राष्ट्रिय दबाब बढेको छ ।

भेनेजुयलमा यो वर्ष संसदको चुनाव हुदैछ । जसमा हाल विपक्षिको नियन्त्रण रहेको छ । राष्ट्रपति माडु्रोको बिरोधीले नयाँ राष्ट्रपतिका लागि चुनाव होस् भन्ने माग गरेका छन् ।