उत्तर कोरियाद्वारा तीन मिसाइल प्रक्षेपण

उत्तर कोरियाद्वारा तीन मिसाइल प्रक्षेपण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – उत्तर कोरियाले सो मबार समुद्रमा तीन अज्ञात मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । यो विगत १ साताको अवधिमा उत्तर कोरियाले गरेको दोस्रो परीक्षण हो ।

दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफका अनुसार तीन मिसाइल दक्षिण हेमग्योङ प्रान्तको सोन्दोक क्षेत्रबाट उत्तरपूर्वी दिशामा प्रहार गरिएको हो । उनले यसको बारेमा अन्य विवरण दिएका छैनन् । उनले भनेका छन्,“सेनाले अतिरिक्त प्रक्षेपणमा निगरानी गरिरहनुका साथै आफ्नो तयारी पनि गरिरहेको छ ।”

जापानको रक्षा मन्त्रालयका एक प्रवक्ताका अनुसार उत्तर कोरियाले जुन प्रक्षेपण गरेको छ त्यो ब्यालेस्टिक मिसालल जस्तो प्रतीत भएको छ । यो मिसाइल जापानी भूभाग वा विशिष्ट आर्थिक क्षेत्रतर्फ आएको कुनै संकेत नदेखिएको उनले बताए ।

विश्लेषकका अनुसार अमेरिकासँग लामो सदयदेखि रोकिएको आफ्नो परमाणु वार्ताको अवधिमा उत्तर कोरियाले लगातार आफ्नो हतियार क्षमतालाई परिष्कृत गरिरहेको छ ।

हनोइ शिखर सम्मिेलनको समयमा किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वार्ता असफल भएको १ वर्षपछि पनि यो दिशामा कुनै परिवर्तन भएको छैन । मासाचुसेट्स इन्सटिच्यूट अफ टेक्नोलाजीका विपिन नारंका अनुसार किमले आफ्नो बलको परीक्षण, सुधार तथा संचालन लगातार गरिरहेका छन् ।