रक्सी खाँदा कोरोना निको हुन्छ भन्नु भ्रम मात्रै, इरानमा रक्सीले लियाे २७ जनाको ज्यान

रक्सी खाँदा कोरोना निको हुन्छ भन्नु भ्रम मात्रै, इरानमा रक्सीले लियाे २७ जनाको ज्यान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – इरानमा तीव्र दरमा फैलिरहेको कोरोनाभाइरसबाट बच्नका लागि करीब ७० हजार कैदीलाई अस्थायी रुपमा रिहा गरिएको छ । इरानको लगभग सबैजसो क्षेत्रमा कोरोना भाइरस फैलिएको छ ।

यसैबीच इरानको दुई प्रान्तमा विषाक्त रक्सी पिउनाले २७ को मृत्यु भएको छ । रक्सी पिउनाले कोरोना भाइरसको संक्रमणबाट मुक्ति पाउन सकिने अपवाह फैलिएको थियो । इरानका न्याय विभागका प्रमुख इब्राहिम रेसीले सोमबार कैदीलाई अस्थायी रुपमा रिहा गर्ने घोषण गरेका थिए ।

यद्यपि यी कैदीलाई कहिले जेलमा फर्काइन्छ भन्ने विषयमा भने केही पनि भनेका छैनन् । कैदीलाई छोड्नलो समाजमा डर उत्पन्न हुदैन भनि सोधिएको प्रश्नमा उनले भने, ‘यसबाट कुनै प्रकारको कुनै असुरक्षा उत्पन्न हुदैन ।’ इरानी अधिकारीले आगामी दिनमा भाइरसको संक्रमणमा थप वृद्धि हुन सक्ने चिन्ता व्यक्त गरेका छन् । स्वास्थ्य मन्त्रालयले मानिसलाई घरमै बस्न र साथसाथ यात्रा नगर्नका लागि आग्रह गरेको छ ।

इटालीमा एक जेलमा कोरोनाभाइरसलाई लिएर लगाइएको प्रतिबन्धका कारण आक्रोशित कैदीले कयौ सुरक्षाकर्मीलाई बन्धक बनाएका छन् । सुरक्षकर्मीलाई छुटाउने प्रयासमा प्रहरी कारबाहीमा ६ कैदीको मृत्यु भएको छ ।

इटालीमा कोरोना नियन्त्रणको कोशिशमा आइतबार आदेश जारी गरेर कैदी तथा आगन्तुकलाई सीधै भेटघाट गर्ने विषयलाई सीमित पारिएको थियो । चीनपछि सर्वाधिक प्रभावित भएको इटालीमा पुरै देश बन्द गरिएको छ ।