कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि चाहिन्छ यी कागजात

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि चाहिन्छ यी कागजात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सुरु भएसँगै निर्वाचन समितिले उम्मेदवारी रुजुका लागि आवश्यक कागजात र प्रक्रिया स्पष्ट गरेको छ।

उम्मेदवारी दर्ता गर्न इच्छुक उम्मेदवारले आफूले उम्मेदवारी दिन चाहेको पदअनुसारको उम्मेदवारी फारम पूर्ण रूपमा भरेर बुझाउनुपर्नेछ।

फारममा सम्बन्धित पदका लागि तोकिएका महाधिवेशन प्रतिनिधिमध्येबाट प्रस्तावक र समर्थक राख्नुपर्नेछ। उम्मेदवार आफैँ भने आफू उम्मेदवार भएको पदका लागि प्रस्तावक वा समर्थक बन्न पाउने छैनन्।

उम्मेदवारी दर्ताका क्रममा सम्बन्धित पदका लागि तोकिएको शुल्क बुझाएको बैंक भौचर वा रसिदसमेत अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। बैंक भौचरमा उम्मेदवारको नाम स्पष्ट रूपमा खुलेको हुनुपर्ने निर्वाचन समितिले जनाएको छ।

त्यस्तै, उम्मेदवारले आफू महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको प्रमाणपत्र र नेपाल सरकारले जारी गरेको आधिकारिक परिचयपत्रको प्रतिलिपि पनि पेश गर्नुपर्नेछ।

समावेशी क्लस्टरबाट उम्मेदवारी दिने उम्मेदवारले आफू सम्बन्धित क्लस्टरमा पर्ने प्रमाणित गर्ने प्रमाणपत्रको प्रतिलिपिसमेत बुझाउनुपर्नेछ।

उम्मेदवारी रुजुका क्रममा उम्मेदवारको क्रियाशील सदस्यताको निरन्तरतासम्बन्धी सिफारिससमेत आवश्यक पर्नेछ।

क्रियाशील सदस्यताको निरन्तरता प्रमाणित गर्ने सम्बन्धित सिफारिस उम्मेदवारी फारमसँगै बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

निर्वाचन समितिले उम्मेदवारी दर्ताका क्रममा उम्मेदवारी फारम, प्रस्तावक–समर्थक, शुल्कको बैंक भौचर वा रसिद, महाधिवेशन प्रतिनिधि प्रमाणपत्र, आधिकारिक परिचयपत्र, समावेशी क्लस्टरको प्रमाणपत्र र क्रियाशील सदस्यताको निरन्तरता सिफारिस लगायतका कागजात रुजु गर्नेछ।

यसअनुसार कांग्रेसको केन्द्रीय नेतृत्वमा उम्मेदवारी दिन चाहनेहरूले आवश्यक सबै कागजात पूरा गरेपछि मात्रै उम्मेदवारी दर्ता गर्नुपर्नेछ।