कतार जानेका लागि सरकारले रोक्यो श्रम स्वीकृति

कतार जानेका लागि सरकारले रोक्यो श्रम स्वीकृति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – तत्काल बैदेशिक रोजगारीमा कतार जानेका लागि सरकारले श्रम स्वीकृति दिन रोक लगाएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि कतारले जोखिममा रहेको नेपालसहित १४ देशलाई कतार प्रवेशमा रोक लगाएपछि नेपाल सरकारले श्रम स्वीकृति दिन आज (मंगलबार)देखिरोकेको हो ।

कतारको सोही निर्णयपछि हाललाई कतार जान चाहने नेपालीका लागि श्रम स्वीकृति दिन बन्द गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दाहालले जानकारी दिए ।

उनले अवस्था सहज हुनेबित्तिकै पुनः श्रम स्वीकृति दिन सुरु गरिने बताए ।