मुकेश अम्बानीलाई पछि पार्दै चीनका ज्याक बने एसियाकै पहिलो धनाढ्य


एजेन्सी – धनाढ्य मुकेश अम्बानीलाई उछिन्दै ज्याक मा एसियाकै धनी व्यक्ति बनेका छन् ।

विश्वमा तेलको मूल्यमा गिरावट आएपछि अम्बानीलाई पछि पार्दै चीनका ज्याक माले एसियाको धनाढ्य नम्बर १ मा परेका हुन् । अम्बानी दास्रो नम्बरमा झरेका छन् ।

चीनबाट संसारभर फैलिएको कोरोनाभाइरसको असर अम्बानीको व्यापारमा परेपछि सोमवार अम्बानीको ५.८ अर्ब डलर गुमेको छ । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार, त्यति धेरै पैसा गुमेपछि अम्बानी दोस्रो स्थानमा झरेका हुन् ।

अलीबाबा ग्रूप होल्डिङ लिमिटेडका संस्थापक ज्याक माले सन् २०१८ को मध्यतिर सर्वाधिक धनी एसियनको उपाधि गुमाएकोमा अहिले ४४.५ अर्ब डलर सम्पत्तिका साथ उनी पहिलो स्थानमा उक्लिएका छन् । उनीसँग अम्बानीभन्दा २.६ अर्ब डलर बढी सम्पत्ति छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement