काठमाडौं – बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोनाभाइरसको संक्रमण भएको छ । डोरिसले आफुलाई कोरोनाभाइरस भएको पुष्टि गरेकी छन् । उनी संक्रमणपछि आफ्नै घरको आइसोलेसनमा छिन् ।
कन्जरभेटिभ पार्टीकी सांसद्समेत रहेकी स्वास्थ्यमन्त्री डोरिस कोरोनाभाइरसको संक्रमण भेटिने पहिलो बेलायती सांसद् हुन् । ६२ बर्षीया मन्त्री डोरिसले आफ्नो निर्वाचन क्षेत्रमा गरेका भेटघाट र आफु सहभागी भएका कार्यक्रमहरुको बारेमा जानकारी दिएको बीबीसीले जनाएको छ । उनिहरुको पहिचान सुरु भइसकेको छ ।
बीबीसीकाअनुसार बेलायतमा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भइसकेको छ भने ३ सय ८२ जनामा कोरोनाको लक्षण देखिएको छ ।




प्रतिक्रिया