कांग्रेसमा सकिएन बन्द सत्रको छलफल, सभापति थापाले भोलि सम्बोधन गर्ने

कांग्रेसमा सकिएन बन्द सत्रको छलफल, सभापति थापाले भोलि सम्बोधन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिनको बन्द सत्रको छलफल सकिएको छ।

महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेशराज आचार्यका अनुसार बन्द सत्रको छलफल भोलि बिहान पुनः सञ्चालन हुनेछ।

आजको बन्द सत्रमा पार्टी सभापति गगनकुमार थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरूले छलफल गरेका थिए।

छलफलमा कांग्रेसका सातै प्रदेशका प्रतिनिधिका साथै भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए।

व्यवस्थापन समितिका संयोजक आचार्यका अनुसार बन्द सत्रको छलफल भोलि बिहान साढे १० बजे पुनः सुरु हुनेछ। भोलिको सत्रको प्रारम्भमा पार्टी सभापति थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

बन्द सत्रमा प्रस्तुत राजनीतिक प्रस्ताव, समसामयिक प्रस्ताव तथा विभिन्न प्रतिवेदनमाथिको छलफलपछि आवश्यक प्रक्रिया अघि बढाइने कांग्रेसले जनाएको छ।