काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पपले एक महिनाका लागि सबै युरोपेली देशबाट अमेरिकी यात्रामा रोक लगाएका छन् । यद्यपी कोरोनाभाइरसका कारण लगाइएको प्रतिबन्धमा बेलायतलाई भने समावेश गरिएको छैन ।
यो भन्दा पहिले एक ट्वीटमा राष्ट्रपतिले भनेका थिए, ‘म कोरोनाभाइरसको चुनौतीसँग लड्नका लागि संघीय सरकारको सबै शक्ति प्रयोग गर्नका लागि तयार छु ।’
यात्रा प्रतिबन्धको घोषणा गर्नु पहिले ट्रम्पले एक अर्को ट्वीटमा भनेका थिए, ‘मीडियाले यसमा एकता तथा शक्तिको समयको रुपमा हेर्नुपर्छ ।’
उनले भने,‘हाम्रा समान दुश्मन छन् । वास्तवमा यो पुरै विश्वको दुश्मन हो । कोरोनाभाइरसलाई हामीले छिटो भन्दा छिटो तथा सुरक्षित तरिकाबाट हराउनु आवश्यक छ । मेरा लागि अमेरिकी मानिस र सुरक्षा तथा जीवन भन्दा महत्वपूर्ण केही पनि छैन ।’
अमेरिकामा हाल सम्म कोरोनाभाइरसको ११३५ मामिला देखा परेको छ । यसका कारण ३८ को मृत्यु समेत भइसकेको छ ।




प्रतिक्रिया