काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज उम्मेदवारी दर्ता भइरहेको छ । ७ हजार १ सय १४ महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन् ।
केन्द्रीय निर्वाचन समितिले राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण तथा मनोनयन दर्ताको काम अघि बढाएको छ । मंगलबार अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता हुने र त्यसपछि निर्वाचन प्रक्रियाअनुसार उम्मेदवारको अन्तिम विवरण सार्वजनिक गरिनेछ ।
यसपटक कांग्रेसले विधान संशोधन गर्दै केन्द्रीय कार्यसमितिको आकार १६७ बाट बढाएर २९७ सदस्यीय बनाएको छ । पदाधिकारी संख्या पनि १४ बाट बढाएर २६ पुर्याइएको छ ।
वरिष्ठ उपसभापति र महिला उपसभापति थपिएसँगै उपसभापतिको संख्या चार पुगेको छ । महामन्त्री तीन जना रहने व्यवस्था गरिएको छ, जसमा एक जना महिला अनिवार्य गरिएको छ । सहमहामन्त्रीको संख्या ११ पुर्याइएको छ ।

प्रमुख उम्मेदवार :
उपसभापति
विनोद चौधरी : समावेशी समूह
ज्ञानेन्द्रबहादुर कार्की : खुला
भीष्मराज आङ्देम्बे : समावेशी समूह
फरमुल्लाह मन्सुर : समावेशी समूह
जीवन परियार : समावेशी समूह
सुरेन्द्र पाण्डे : खुला
गोविन्द भट्टराई : खुला
दीपक गिरी : खुला
महामन्त्री
डा. सुनीलकुमार शर्मा : खुला
प्रदीप पौडेल : खुला
गुरुराज घिमिरे : खुला
उदयशमशेर राणा : खुला
मधु आचार्य : खुला
नैनसिंह महर : खुला
अमर पुन : खुला
शंकर तिवारी : खुला
रञ्जित कर्ण : खुला
डा. डिला संग्रौला पन्त : महिला
डा. सुनीलकुमार शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन् । उनले उम्मेदवारी दर्ता प्रक्रिया पनि अघि बढाइसकेका छन्।
उता महिला महामन्त्रीतर्फ डिला संग्रौला पन्त र महालक्ष्मी उपाध्याय ‘डिना’ले उम्मेदवारी घोषणा गरेर दर्ता गराउँदै छिन्।

सह-महामन्त्री
देवेन्द्रराज कँडेल : खुला
मीन विश्वकर्मा
जीवनबहादुर शाही
रामहरि खतिवडा
प्रतिमा गौतम
मनोजमणि आचार्य
योगेश गौचन
प्रकाश स्नेही
फरमुल्लाह मन्सुर
सीता गुरुङ
ओमबहादुर घर्ती
अजयबाबु शिवाकोटी
योगेन्द्र चौधरी
विकास कोइराला
मुक्ताकुमारी यादव
अभिषेकप्रताप शाह
देवेन्द्रराज कँडेलले खुलातर्फ सह-महामन्त्रीमा उम्मेदवारी घोषणा गरेर निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गराउन पुगिसकेका छन् ।
उम्मेदवारी दर्ता जारी रहेको छ। निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेपछि मात्रै कुन पदमा कति जनाको उम्मेदवारी परेको प्रष्ट हुनेछ।





प्रतिक्रिया