काठमाडौं – धनुषामा विषाक्त मदिरा सेवनबाट ६ जनाको मृत्यु भएको छ । होलीका अवसरमा होलि पर्वको अवसरमा अत्यधिक घरेलु मदिरा पिउँदा क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयाका एकै गाउँका ६ जनाको मृत्यु भएको हो ।
मदिरा सेवन गरेका ३ जनाको बुधबार दिउँसो र २ जनाको बिहीबार राति मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए ।
अर्का एकजनाको भने तीन दिन अघि नै मृत्यु भएको थियो । मृत्यु हुनेमा स्थानीय ४० वर्षीय ब्रमहेव यादव, ३५ वर्षीय विभाद मण्डल, ६० वर्षीय गुदरी महरा, रामनारायण महरा र राजु महरा छन् ।
मदिरा पिउँदा सिकिस्त बिरामी परेका ईन्द्रजीत सदाको चिन्ताजनक अवस्थामा धरानमा उपचार भइरहेको छ ।
सिकिस्त बिरामी परेको स्थानीय सत्रुधन मण्डल र राम इश्वर महराको जानकी मेडिकल शिक्षण अस्पतालको आइसियुमा उपचार भइरहेको छ ।
मृतक पाँच जनाको शव पोष्टमार्मका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया