वन कार्यालयकी उपसचिव २ लाख घुससहित गठ्ठाघरबाट पक्राउ

वन कार्यालयकी उपसचिव २ लाख घुससहित गठ्ठाघरबाट पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – डिभिजन वन कार्यालय दोलखाकी प्रमुख उपसचिव सन्तमाया श्रेष्ठ दुई लाख घुससहित भक्तपुर गठ्ठाघरबाट पक्राउ परेकी छन् ।

दोलखाबाट काठमाडौं जाँदै गरेको बा १ झ ७६८५ नम्बरको सरकारी गाडीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डिभिजन वन कार्यालय दोलखाकी प्रमुख उपसचिव श्रेष्ठलाई २ लाख तीन हजार पाँच सय रुपैयाँसहित बिहीबार साँझ पक्राउ गरेको हो ।

उनीसँगै अन्य ३ जनालाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । अख्तियारको टोलीले दुई लाख ३ हजार पाँच सय नगदसहित श्रेष्ठसँगै तीन जनालाई नियन्त्रणमा लिएको हो ।

उनीसँगै पक्राउ पर्नेमा कार्यालय सहयोगी र चालक रहेको अख्तियारले जनाएको छ । श्रेष्ठले काठ व्यापार गर्ने व्यापारीहरुसँग घुस लिएको खुलेको छ ।