कपडा पसल सञ्चालन गर्दै आएकी रोशनी मृत भेटिइन्

कपडा पसल सञ्चालन गर्दै आएकी रोशनी मृत भेटिइन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – जनकपुरधाममा आज एक युवतीको शव फेला परेको छ ।

जनकपुरधामस्थित गोरधोइ पोखरीमा २५ वर्षीया रोशनी खातुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । स्थानीय पेठिया बजारमा कपडा पसल सञ्चालन गर्दै आएकी रोशनी खातुन दुई दिनदेखि हराइरहेकी थिइन् ।

बिहान घुम्न निस्केका मानिस पोखरीमा तैरिरहेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सो घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।